हेटाैँडा । हेटौंडा उपमहानगरपालिकाकाे मूख्य बजार क्षेत्रमा रहेकाे ४ नं. वडालाई सुरक्षित र व्यवस्थित सहरकाे रूपमा विकास गर्न लागिपरिरहेकाे वडा अध्यक्ष नवीन सिग्देलले बताएका छन् । मित्र नगर टाेल विकास संस्थाकाे २० औँ साधारणसभाकाे उद्घाटन गर्दै वडाकाे सडक, पेटी र ढल सुविधा सम्पन्न बनाउदै हरियाली, सफा, उज्ज्यालाे, सुरक्षित र सुन्दर सहरकाे रूपमा बनाउने कार्य व्यवस्थित र याेजनाबद्व रूपमा कार्य भईरहेकाे बताएका हुन् । उनले लाेकतान्त्रिक चाैर (हुप्र) प्रदेश राजधानीकै सान भएकाेले सफा, सुन्दर, सुरक्षित बनाउने कार्य भईरहेकाे र पूर्ण रूपमा उज्ज्यालाे हुप्रा कार्य केही समयमा नै हुने बताउनु भयाे । हुप्र क्षेत्र वरिपरि व्यवस्थित सडक बनाउने कार्य भईरहेकाे उहाँकाे भनाई रहेकाे थियाे । संस्थाकाे अध्यक्ष सुमित्रा श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, टाेल विकास नगर समन्वय समितिका महासचिव शिवहरी दाहालकाे विशेष उपस्थिति रहेकाे थियाे । सभाले सुमित्रा श्रेष्ठकाे अध्यक्षतामा सर्वसम्बत रूपमा पुन: नयाँ कार्य समिति चयन गरेकाे छ ।


