बालबालिकाका लागि आयो २३ लाख ४० हजार डोज खोप

हेटौंडा– कोरोनाविरुद्धको थप २३ लाख ४० हजार मात्रा मोडर्ना खोप आएको छ । अब २१ लाख डोज एस्ट्राजेनिका र ४० लाख सिनोभ्याक्स गरी ६१ लाख थप खोप आउने क्रममा छ ।

स्वास्थ्य सेवा विभाग, आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले विश्व बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा कोभ्याक्समार्फत थप २३ लाख ४० हजार मोडर्ना खोप आएको जानकारी दिए । डा. चौरसियाले सोमबार ११ लाख ७० हजार र मङ्गलबार ११ लाख ७० हजार गरेर २३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल भित्रिएको बताए ।

यो खोप १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई लगाइने छ । डा. चौरसियाले ४० लाख मोडर्ना खोप देशैभर वितरण गरिने बताए । यो खोप पनि सोही उमेर समूहका खोप लाउन बाँकी बालबालिकालाई लगाइने छ ।

यसअघि फाइजर खोप पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो । यसैबीच अब २१ लाख मात्रा एस्ट्राजेनिका र ४० लाख मात्रा सिनोभ्याक्स खोप आउने क्रममा छ । डा। चौरसियाले खोप आउने मिति भने निश्चित भइनसकेको बताए । गोरखापत्र दैनिकमा सरोज ढुंगेलले खबर लेखेका छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...