Search
Close this search box.

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ ।

एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले बिहीबार शिलान्यास गरेका हुन् ।

मनहरी गाउँपालिकाको विकट रुपाचुरीस्थित ८ कक्षासम्म पढाई हुने सगरमाथा आधारभुतमा २ सय २६ जना विद्यार्थी रहेको प्रधानाध्यापक खड्कबहादुर मोक्तानले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर लामाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, एकअर्थ फाउण्डेसनका प्रबन्ध निर्देशक कोवित बानियाँ, विद्यालयका प्रधानाध्यापक खड्कबहादुर मोक्तान, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, नेविसंघ केन्द्रीय सदस्य मिलन पुडासैनी, वडा सदस्यहरु राममाया नगरकोटी, प्रमिला विश्वकर्मा, समाजसेवीहरु राजेश भेटवाल, जनकराज उप्रेती, विदुर थापा, भीमसेन लामा, मोहन ग्लानलगायतको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan