हेटौँडा- मकवानपुरको बागमती गाउँपालिका–४ सादेपुलमा बुधबार बेलुका भएकाे दुर्घटनामा परी हेटाैंडा-१३ का ४५ वर्षीय केशव मुडभरीकाे निधन भएकाे छ । फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको ना ६६ प ९३०३ स्कूटर रड बाेकेकाे ट्याक्टरमा ठाेकिएर दुर्घटना हुँदा घाइते भएका मुडभरीकाे उपचारकाे क्रममा हेटाैंडा अस्पतालमा निधन भएकाे हाे ।
धरान चतरा सडक खण्डमा स्कुटर दुर्घटना भएकाे खबर पाएपछि प्रहरी चाैकी झुरझुरे बाट गएकाे प्रहरीले घाइतेलाई उपचारको लागि हेटौंडा अस्पताल पठाएकाे थियाे । ईलाका प्रहरी कार्यालय फापरवारी बाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट ३ कि.मि.उत्तर भोर्लेनी बाट काभ्रेको ताल ढुङ्गा जाने भित्री सडक खण्डमा ना ७ त २२५९ नं.को रड बोकेको ट्याक्टर रोकि राखेको अबस्थामा फेला पारेको र सोही ट्याक्टरमा लोड भएको रडमा स्कुटर चालक ठोकिएर दुर्घटना भएको आशंकामा ट्याक्टरलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
ट्याक्टरका चालक भने फरार छन् । पदमपाेखरी निवासी मुडभरी विद्यालय सञ्चालक, स्टेशनरी र ग्यास व्यवसायका अतिरिक्त सामाजिक सेवामासमेत क्रियाशील थिए ।

