Search
Close this search box.

घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

बुधबार बसेको निगम सञ्चालक समितिले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको हो ।

निगमले पेट्रोल प्रतिलिटरमा ७ रुपियाँ र डिजेलरमटितेल प्रतिलिटरमा ५ रुपियाँ मूल्य घटाएको हो ।
इन्डियन आयल कर्पोरसन ९आइओसी० ले बुधबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा ६ रुपियाँ ७५ पैसा र डिजेल लिटरमा ५ रुपियाँ ९ पैसा मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य घटाइएको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार बजारमा अब पेट्रोल प्रतिलिटर १७१ रुपियाँ, डिजेलरमटितेल लिटरमा १५४ रुपियाँ पुगेको छ ।

हवाई इन्धन र खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan