Search
Close this search box.

सेयर बजारमा ७९ दिनपछिको उच्च कारोबार, ४० अंकले बढ्यो बजार

साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ४०.४८ प्रतिशतले बढेको छ । आज ४०.४८ प्रतिशतले बढेको बजार १९८०.०९ विन्दुमा पुगेको हो।

आज कारोबार अवधिदेखि निरन्तर बढेको बजार २.०९ प्रतिशतले बढ्न सफल रह्यो।

आज बढेको बजारमा ३ अर्ब ४५ करोडको कारोबार भएको छ। पछिल्लो ७९ कारोबार दिनपछिकै आज सर्वाधिक कारोबार भएको छ।

आज कारोबारमा आएका २७५ कम्पनीको ९५ लाख २८ हजार पटकको कारोबार हुँदा ३ अर्ब ४५ करोडको कारोबार भएको छ।

गत साता आयकरको अन्योतलाले गर्दा १०० बढी अंकले घटेको बजार पुनः लय समात्न सफल भएको छ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता सहज हुँदै जानुले पनि मार्केटमा सकारात्मक प्रभाव देखिएको जानकार बताउँछन्।

साथै, पछिल्लो समय सेयर धितो कर्जा समेत बढ्न थालेको छ। यसले पनि आगामी दिनमा सेयर बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ।

आज बजारमा हालै आईपीओ जारी गरेको भूगोल इनर्जी डेभलपमेन्टको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

आज नागरिक लगानी कोषको सर्वाधिक सेयर कारोबार भएको छ। आज नागरिक लगानी कोषको ११ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan