Search
Close this search box.

गजल मञ्च मकवानपुरको २३७औँ गजल यात्रा सम्पन्न

हेटौंडा । गजल मञ्च मकवानपुरको २३७औँ गजल यात्राको अवसरमा विशेष गजल वाचन तथा गजल लेखन कार्यशाला सम्पन्न भएको छ।

ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा गजल मञ्च मकवानपुरका अध्यक्ष संजित श्रेष्ठको सभाध्यक्षता रहेको थियो। कार्यक्रममा साहित्यकार डा. निमेष निखिल प्रमुख अतिथि तथा मञ्चका पूर्व अध्यक्ष एवं सल्लाहकार दीपक गौतम विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा मञ्चका सल्लाहकार, पूर्व अध्यक्ष, मकवानपुरमा क्रियाशील विभिन्न साहित्यिक संघ–संस्थाका प्रतिनिधि, गजलकार, गजल अनुरागी तथा साहित्यिक व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रमका क्रममा मञ्चका पूर्व अध्यक्ष तथा सल्लाहकार दीपक गौतम, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डि.वि. बर्त्तौला, गजलकार राम कार्की र प्रीज्मा उप्रेतीले आफ्ना गजल वाचन गर्दै विद्यार्थीहरूलाई साहित्य सिर्जनामा सक्रिय हुन प्रेरित गरेका थिए ।

प्रमुख अतिथि डा. निमेष निखिलले गजल विधाको महत्वबारे चर्चा गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। उद्घाटन सत्रमा कार्यसमिति सदस्य प्रविना प्रयासीले स्वागत मन्तव्य राखेका थिए।
मञ्चका सचिव कमल नेपालले सहजीकरण गरेका कार्यक्रममा उपाध्यक्ष हरि पौड्यालले गजल लेखन सम्बन्धी प्रशिक्षण दिएका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan