Search
Close this search box.

प्री ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

प्री ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ। यो समयमा ०.४९ अंकले घटेर २०२०.१५ विन्दुमा झरेको हो। सेन्सेटिभ इण्डेक्स भने ०.७९ अंकले घटेको छ।

आज प्री ओपन सेसनमा २० कम्पनीको सेयर कारोबार भयो। ती कम्पनीको १७ हजार ५४० कित्ता सेयर ७४ लाख ६२ हजार २५३ रुपैयाँमा खरिदबिक्री भयो।

कारोबारमा आएका २० कम्पनीमध्ये १३ को मूल्य बढ्यो भने ५ को घट्यो। बाँकी दुई कम्पनीको मूल्य स्थिर रह्यो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan