Search
Close this search box.

सुन तोलाको १ लाख १२ हजार पुग्यो

आज सुन तोलामा २०० रुपैयाँ बढेको छ। यस्तै, चाँदीमा २० रुपैयाँ बढेको छ।

आइतबारका लागि सुनको कारोबार मूल्य १ लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ थियो।

अघिल्लो दिनका तुलनामा ८०० रुपैयाँ घट्दा गत बिहीबार सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ थियो। गत साताको प्रारम्भमा सुन तोलाको १ लाख १२ हजार ५०० रुपैयाँ पुगेको थियो।

तुलनात्मक रूपमा चाँदीको मूल्य उच्च भएको छ। गत बिहीबारका तुलनामा शुक्रबार तोलामा २० रुपैयाँ बढेको चाँदीको मूल्य आइतबार पुनः २० रुपैयाँ बढेर निर्धारण भएको छ। चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँ पुगेको छ।

गत शुक्रबार चाँदी तोलाको १ हजार ४२५ रुपैयाँ थियो भने बिहीबार १ हजार ४०५ रुपैयाँ थियो

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan