Search
Close this search box.

शेयर बजारमा सामान्य वृद्धि, साढे १ अर्बमाथिको कारोबार

आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य वृद्धि भएको छ । आज सूचकांक ३ अंकले बढेर २०८९ को विन्दुमा कायम भएको छ ।

यस्तै, आज नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ५१ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७८ करोड १९ लाख ४१ हजारको कारोबार भएको छ ।

आज ७६ कम्पनीको सेयर मूल्य बढ्दा १३० कम्पनीको मूल्यमा भने गिरावट आएको छ । यस्तै, १२ कम्पनीको सेयर भने स्थिर कायम छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan