Search
Close this search box.

२८ अंकले घट्यो नेप्से

आज (मंगलबार) नेप्सेमा भारी अंकको गिरावट आएको छ । आज २८.४० अंकले नेप्से घट्दा इन्डेक्स भने २०१९.८५ विन्दूमा कायम हुन पुगेको हो ।

नेप्से घटेपनि आज कारोबार रकम सोमबारको तुलनामा केहि खुम्चिएको छ । आज १ अर्ब ७३ करोड ७० लाख १४ हजार माथिको कारोबार भएको हो ।

आज २२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेमा घटेपनि आज आइएमआइ लाइफ इन्स्योरेन्सको कारोबार अब्बल रह्यो । नेप्से घटेसँगै आज सबै समूह समेत राताम्मे भएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan