न्यौपानेलाई श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मान, नेगीले जितिन् गजल पुरस्कार

हेटौंडा– गजल मञ्च मकवानपुरले गजलकार अनिश न्यौपाने ‘भावना’लाई श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मान प्रदान गरेको छ । शनिबार गजल मञ्चको २११ औं गजल यात्राकाबीच गजलकार न्यौपानेलाई नगद ५ हजार रुपैयाँसहित गजल सम्मान प्रदान गरेको हो । गजल विधाको उन्नयन, विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै युवा गजलकार न्यौपानेलाई सम्मान गरिएको हो ।

मञ्चका अध्यक्ष केशव समर्पण, पुरस्कार संस्थापक भोला शिवाकोटी, प्रमुख अतिथि निमेष निखिल, विशिष्ट अतिथि तुलसी घिमिरेलगायतले न्यौपानेलाई नगद र सम्मानपत्र प्रदान गरेका थिए । सम्मान पाएसँगै न्यौपानेले कार्यक्रममा आफ्ना तीन वटा गजल प्रस्तुत गरेका थिए ।
मकवानपुरमै अध्ययन र गजल कर्म गरेका न्यौपानेले २०७० मा ‘पढेपछि थाहा पाउँछौं’ गजल संग्रह प्रकाशन गरेका छन् । उनको ‘मनको आँखा’ *मुक्तक संग्रह पनि प्रकाशनमा छ । शिवाकोटीले आफ्ना बुबाआमा र छोरीको स्मृतिमा स्थापित गजल सम्मान पाउने न्यौपाने पहिलो गजलकार हुन् । मञ्चले अबदेखि हरेक वर्ष गजल सम्मान प्रदान गर्ने मञ्चका अध्यक्ष केशव समर्पणले जानकारी दिए ।

यसैबीच मकवानपुरका माध्यमिक तहस्तरीय गजल प्रतियोगितामार्फत सर्वोत्कृष्ट हुन सफल बकैया–३ हात्तिसुँडेमा रहेको बुद्ध माविकी कक्षा ९ कि छात्रा मनिका नेगीले मनमाया स्मृति गजल पुरस्कार प्राप्त गरेकी छन् । प्रतियोगितामा सहभागी १७ जना विद्यार्थीमध्ये नेगी सर्वोत्कृष्ट घोषित भई नगद ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित पुरस्कृत भएकी हुन् । गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतमले आफ्नी हजुरआमाको स्मृतिमा स्थापना गरेको पुरस्कार हरेक वर्ष माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुबीच गजल प्रतियोगिता गरी सर्वोत्कृष्टलाई प्रदान गर्ने गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट ८ विद्यार्थीलाई कार्यक्रममा गजल वाचनको लागि निम्त्याइएको थियो । साहित्यकार विश्वनाथ सञ्जेल र भवानी तिमल्सिनाले गजल प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । नियमित गजल यात्राअन्तर्गत गजलकारहरु मसान उपासक, पुरुषोत्तम आचार्य, सुवास सजल, किशन पौडेललगायतले गजल वाचन गरेका थिए । मञ्चका अध्यक्ष समर्पणको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कार संस्थापकका तर्फबाट भोला शिवाकोटी, विशिष्ट अतिथि तुलसी घिमिरे, प्रमुख अतिथि सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले मन्तव्य व्यक्त गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...