रास्वपाद्वारा इलाम–२ उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) ले इलाम–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको छ ।
आगामी वैशाख १५, २०८१ मा इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि रास्वपाले शनिबार उम्मेदवारी घोषणा गरेको हो ।

पार्टीका सभापति रवि लामिछानेसहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार घोषणा गरेको हो । उक्त उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बुलाई उठाउने भएको हो ।

सो बारे इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रममार्फत् जानकारी गराइएको हो ।

उम्मेदवारी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, ललितपुर–३ की सांसद तोशिमा कार्की लगायतको सहभागीता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...