कर्णालीका नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यमलाल कँडेलले शपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री कँडेलले बुधबार एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराएका हुन् ।

एमाले संसदीय दलका नेता समेत रहेका उनी मंगलबार मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए ।

४० प्रदेश सभा सदस्य रहेको कर्णालीमा सरकार गठनका लागि २१ जना सांसद्को आवश्यकता पर्छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...