टिफरकाे ठक्करबाट घाइते स्कुटर चालककाे मृत्यु

हेटौंडा – हेटौंडामा टिफरको ठक्करबाट घाइते भएका स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा – ११ थानाभर्याङ बस्ने ५५ वर्षीय भिम बहादुर बिडारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

शनिबार दिउँसो हेटौंडा- १० बसपार्क पिपलबोट स्थित स्थित पुर्व पश्चिम सडक खण्डमा कर्रातर्फ बाट बसपार्क तर्फ आउदै गरेको बा.प्र.०३-००५ प ३५११ नं. को स्कुटरलाई बसपार्कबाट कर्रातर्फ जादै गरेको प्र.२-०३-००१ ख ६८५४ नं. टिफरले ठक्कर दिएको हो।

दाँया हातमा चोट लागि घाइते भएका बिडारीलाई उपचारको लागी हेटौडा अस्पताल पठाएको थियो। सामान्य उपचार पश्चात् चुरेहिल अस्पताल पठाइएकोमा त्यहाँबाट पनि थप उपचारको लागि भरतपुर नयां मेडिकल कलेज चितवन रिफर भएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

टिफर चालक र स्कुटर नियन्त्रणमा लिएको र बाटो अबरोध नभएको जानकारी दिइएको छ।
शव पोस्टमार्टमको लागी सरकारी अस्पताल चितवनमा राखिएको जनाइएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...