जङ्गलमा मानव कंकाल फेला

हेटौंडा – मकवानपुरको मकवानपुरगढीमा मानव कंकाल फेला परेको छ । मकवानपुरगढी गाउँपालिका ८ बुढीचौर स्थित आलखोला जंगलमा घाँस काटन गएका स्थानियहरुले मृत मानिसको कंकाल फेला पारेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

मृत मानिसको कंकाल रहेकोले र पहिचान भने नभएको प्रहरीले जनाएको छ।स्थानियसंग बुझ्दा,उक्त वडाका कोही मानिस हराई बेपत्ता नरहेको बुझिएको छ। कपडा तथा कपाल हेर्दा पुरुषको कंकाल जस्तो देखिएको प्रहरीले जनाएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय मकवानपुर गढीबाट अन्दाजी २५ किलोमिटर पूर्वतर्फ छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...