बागमतीबाट २१७ किबि सालको चिरान काठ बरामद

हेटौंडा – मकवानपुर प्रहरीले २१७ किबि अवैध सालको चिरान काठ बरामद गरेको छ। गएराती बागमती गाउँपालिका–२भुर्कुस टोलबाट टिपरमा लोड गरिरहेको अवस्थामा अवैध सालको चिरान काठ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, गएराति भुर्कुस टोलबाट बा.५ ख ५४०० नम्बरको टिपरमा लोड गर्दै गरेको अवस्थामा १८७ पिस २१७.४२ क्यूफिट चिरान सालको काठ बरामद गरेको हो ।

उक्त काठसहित ट्रिपर र ट्रिपर चालक जिल्ला मकवानपुरगढी गाउँपालिका २ बस्ने २५ वर्षीय आईतसिङ मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मकवानपुरको बागमती गाउँपालिका २ भुर्कुस टोल स्थित प्रहरी चौकी शिवराइगाँउबाट खटिएको गस्ती टोलिले नियन्त्रणमा लिएको हो।
आवश्यक अनुसन्धान तथा कारवाहिको लागि डिभिजन वन कार्यालय मकवानपुरलाई बुझाएको जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...