तरुणको केन्द्रीय भवन बनाउन भेटवालद्वारा २ लाख ५५ हजार सहयोग

मकवानपुर – नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेसका युवा नेता राजेश भेटवालले २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

भेटवालले गरेको सहयोग प्राप्त भएको विवरण सार्वजनिक गर्दै तरुण केन्द्रीय अध्यक्ष विद्वान गुरुङले धन्यवादसमेत दिएका छन् ।

तरुण दलको केन्द्रीय कार्यसमिति बैठकले तरुण दलको भवन बनाउने निर्णय गरेबमोजिम सोही निर्णयलाई सार्थकता दिन नगद सहयोग गरिएको भेटवालले बताए ।

तरुण दलको चैत्र १५ र १६ गते बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो । सोही अनुसार आफ्नो तर्फबाट २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको भेटवालले बताए ।

आरबी अर्वान विल्डर्श एण्ड सप्लायर्सका सञ्चालकसमेत रहेका भेटवालले भने, ‘तरुणको अब बन्न लागेको भवन हामी सबैको साझा भवन हो । आफ्नै कार्यालय भवन निर्माणमा सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ सहयोग गरेको हुँ । अन्य साथीहरुलाई पनि सहयोगका लागि अनुरोध गर्दछु । आगामी दिनमा पनि म सकेको सहयोग निरन्तर गरिरहने छु ।’

भेटवालसँगै क्रमश तरुणका केन्द्रीय सदस्यहरु काभ्रेका दिल लामा, तनहुँका मथुराकृष्ण श्रेष्ठ, नुवाकोटका सञ्जीव गुरुङ र रामेछापका योगेश श्रेष्ठले पनि जनही दुई लाख रुपैयाँ सहयोग गरेको केन्द्रीय अध्यक्ष गुरुङले बताए ।

भवन निर्माणका लागि आवश्यक सहयोग जुट्ने क्रम जारी रहेको उनको भनाई छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...