कांग्रेस मकवानपुरद्वारा कोषाध्यक्ष गौतम पदमुक्त

नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष होमनाथ गौतम पदमुक्त भएका छन् ।

केही दिन अघि बसेको जिल्ला कार्यसमितिको पूर्ण बैठकले गौतमलाई निष्कृय भएको भन्दै पदमुक्त गर्ने निर्णय गरेको सभापति बुद्ध लामाले जानकारी दिएका छन् ।

पार्टीले सञ्चालन गरेका विभिन्न गतिविधि तथा नियमित बैठकमा समेत नआउने, पदीय जिम्मेवारी बहन नगर्ने र पटक–पटक पत्राचार गर्दा समेत वेवास्था गर्ने गरेको कारण देखाउँदै गौतमलाई पदमुक्त गरिएको हो ।

प्रवक्ता अर्जुन चौलागाईँका अनुसार गौतम निष्कृय भएको र कोषाध्यक्ष नै निष्कृय हुँदा पार्टीका हरेक गतिविधि सञ्चालन गर्न कठिनाई भएकोले नयाँ व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने आवाज जिल्ला कार्यसमितिको पूर्ण बैठकमा उठेपछि उनलाई पदमुक्त गर्ने निर्णय भएको हो । उनले चाँडै अर्को व्यक्तिलाई कोषाध्यक्ष पदमा मनोनित गरिने बताए ।

गौतमलाई २०७८ चैतमा कांग्रेस मकवानपुरले कोषाध्यक्ष पदमा मनोनित गरेको थियो । उनी १४ औँ महाधिवेशनबाट जिल्ला सदस्य निर्वाचित भएका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...