कृषि उत्पादन तथा संस्कृति प्रर्वद्धन मेला हुँदै

हेटौंडा – हेटौंडा- ७ नागस्वतीमा स्थानीय कृषि उत्पादन तथा संस्कृति प्रर्वद्धन मेला हुने भएको छ । नागस्वती युथ क्लबको आयोजनामा वैशाख १९ देखि ३० गतेसम्म मेलाको आयोजना गरिएको सोमबार पत्रकार सम्मेलन मार्फत नागस्वती युथ क्लवका अध्यक्ष अमर गुरुङले जानकारी दिए

मेलामा बाल उद्यानसहित खाना तथा खाजाका स्टल रहने र  मेला अवधीभर  स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तति हुने अध्यक्ष गुरुङले बताए । मेलामा व्यापारीक स्टलहरु ५० वटा र होटेलका स्टल १५ वटा रहनेछ । मेलामा २१ गतेबाट  १०० रुपैंया टिकट शूल्क लाग्ने आयोजकले जानकारी दिएको छ ।

स्थानीय कृषि उत्पादनलाई जोड दिई प्रदर्शनीमा राखिने मेला सम्पन्न गर्न ५० लाख सम्म  खर्च हुने  आयोजकको अनुमान रहेको छ। मेला अवधिभरमा १ लाख दर्शकले अवलोकन गर्ने अनुमान राखेको आयोजकले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...