सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु

हेटौंडा – राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ संस्थाका ब्यवस्थापकहरुको २ दिने क्षमता विकास तालिम सोमबार सुरु भएको छ ।

राष्ट्रिय सहकारी बैंकका संचालक एवम् बागमती प्रदेश संयोजक रामहरि बजगाईको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रम बैंकका हेटौडा शाखा संयोजक नारायणप्रसाद देबकोटाको अध्यक्षतामा भएको थियो ।

हेतौडाको रोयल प्यालेसमा सुरु भएको तालिममा राष्ट्रिय सहकारी  बैंकका प्रशिक्षक बल्लभ तिमिल्सिना र झलेन्द्र दाहालले सहजीकरण गरेका छन् ।

बैंकको  एन.सि.बि.एल. सदस्य शिक्षा कार्यक्रम २०८०/८१ अन्तर्गत २ दिने ‘व्यवस्थापकको क्षमता विकास’ तालिम संचालन गरिएको राष्ट्रिय सहकारी  बैंकका बागमती प्रदेश प्रमुख रामेश्वर अर्यालले बताए ।

तालिम कार्यक्रममा मकवानपुरका जिल्लाका सहकारी संघ संस्थाका ४१ जना ब्यवस्थापकहरुको सहभागिता रहेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...