१२ कक्षाको प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ

१२ कक्षाको प्रश्न पत्र आउट गरेको आरोपमा प्रहरीले पोखराबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा(११ फूलबारी बस्ने ३९ वर्षका नारायण बास्तोला र सोही ठाउँका ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन् ।

पोखरा ११ फूलबारीस्थित शिवशक्ति माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट आउट गरेको आरोपमा सोमबार उनीहरूलाई पक्राउ गरेको हो ।

आइतबारको प्रश्न पत्र आउट गरेको उजुरी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारमा परेको थियो ।

उनीहरूको साथबाट कक्षा १२ को थप उत्तर पुस्तिका ८ थान पनि बरामद गरेको कास्की प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...