हेटौंडाबाट अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा एकजना पक्राउ

हेटौंडा – मकवानपुर प्रहरीले अमेरिकन डलर देखाई नेपाली रुपैयाँ ठगि गरेको आरोपमा एकजनालाई प्रक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका – ३ बस्ने ३५ वर्षीय डिल बहादुर भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वैशाख १६ गते बिहान ८ बजेको समयमा रौतहट गुजरा नगरपालिका २ घर भई हाल चितवन भरतपुर महानगरपालिका १० नारायणघाट बस्ने ३८ वर्षीय खेमराज पौडेललाई सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका – ३ बस्ने ३५ वर्षीय डिल बहादुर भण्डारीले आफुसित ४१ हजार ५० अमेरिकन डलर छ नेपाली रुपैयाँमा साट्नु पर्‍यो भनि विश्वास दिलाई हेटौंडा – १२ आल्दमार स्थित भाईरल पुलमा बोलाएका थिए।

उक्त सूचना प्राप्त प्रहरी टोलीले डिल बहादुर भण्डारीलाई फेला पारी रित पुर्वक खानतलासी गर्दा अमेरिकन डलर ५० को ९ थान, नेपाली २० को ५८० थान, मोबाईल ४ थान, बागमती प्रदेश ०२-०४९ प ३१२५ नं. मोटरसाइकल समेत फेला पारेको थियो।

उक्त डलर, नेपाली रुपैया, मोटरसाइकलसहित डिल बहादुर भण्डारीलाई नियन्त्रणमा लिई ठगि उद्योग कसुरमा मकवानपुर जिल्ला अदालत हेटौडाबाट ५ ( पाँच) दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...