बागमती प्रदेश प्रमुख शर्माद्वारा सिन्धु एकीकृत अर्गानिक फार्म तथा फार्मस्टे अवलोकन


मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज शनिबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १,भोटेचौरस्थित सिन्धु एकीकृत अर्गानिक फार्म तथा फार्मस्टे अवलोकन गरेका छन् ।

२५ जना युवाले सिन्धु मल्टिपर्पोट कम्पनी प्रा.लि. मार्फत विगत पाँच वर्षदेखि सञ्चालन गर्दै आएको अर्गानिक फार्म तथा फार्मस्टे अवलोकन गर्दै प्रमुख शर्माले कृषिलाई पर्यटनसंग जोडेर गरिएको कामको प्रशंसा गरे । मेहनत गर्ने हो भने आफ्नै देशमा पनि प्रसस्त सम्भावना छ भन्ने उदाहरण बनाउन युवाहरुको समूह लागिपरेकोमा प्रमुख शर्माले खुशी व्यक्त गरे । देशमै केही गर्छु भन्ने सोच भएकाहरुका लागि यस खालको कार्य प्रेरणादायी हुने प्रमुख शर्माको भनाई छ ।

करिब सय रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा सञ्चालित एकीकृत अर्गानिक फार्म तथा फार्मस्टेमा फलफूल, मौसमी तथा बेमौसमी तरकारीका साथै गाई, बाख्रा र स्थानीय जातका कुखुरा पालिएको छ ।

कृषि कर्मबाट जीविकोपार्जन गर्न सकिन्छ लक्ष्य लिएर आफूहरु सहितको समूहले एकीकृत फार्म सञ्चालनमा ल्याएको फार्मका कार्यकारी अध्यक्ष झलकप्रसाद सुवेदी सुवेदीले बताए। सुवेदीका अनुसार फार्ममा उत्पादन भएको तरकारी, फलफूल, कुखुरा, अण्डा, बाख्रालगायत कृषि उपज काठमाडौंसम्म लगी बिक्री वितरण गर्ने गरिएको छ । फार्ममा कृषि उद्यमसँगै पाहुनाका लागि रोजे अनुसारको खाने बस्ने सुविधाको फार्मस्टे पनि सञ्चालनमा रहेको उनले बताए । ‘एकीकृत फार्म अवलोकन गर्ने, खाने, बस्ने र रमाउने सुविधासहित अर्गानिक फार्म तथा फार्मस्टे चलाइरहेका छौं ।’ कार्यकारी अध्यक्ष सुवेदीले भने,‘हाम्रो यो कर्मबाट अरु युवावर्गलाई पनि कृषिमा केही गर्न सकिने उदाहरण हुन्छ भन्ने लागेको छ ।’

व्यवसायिक कृषि विकासमा उत्कृष्ट एवं प्रशंसनीय कार्य गरेको भन्दै अध्यक्ष सुवेदीलाई बागमती प्रदेश सरकारको कृषि विकास निर्देशनालयले हिजो शुक्रबार मात्रै पुरस्कृत गरेको छ ।
निर्देशनालयले नगद ५० हजार राशीसहित आ.व. २०८०/०८१ का लागि राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार (प्रदेशस्तर) प्रदान गरेको हो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

मकवानपुरको बकैयामा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते

मकवानपुरको बकैयामा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते

हेटौँडा - मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगन नजिक चौतारामा कार दुर्घटना भएको छ ।  शनिबार बिहान ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार दुर्घटना हुँदा बारा निजगढ नगरपालिका–६ बस्...