हेटौंडा- राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले हेटाैंडामा बिरोध र्याली निकालेको छ । हेटौंडा उपमहानगरपालिका-१० स्थित राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर जिल्ला पार्टी कार्यालयमा भेला भई रास्वपा युवा सङ्गठन द्रुत कार्य टोली (RAT) नेपाल मकवानपुरको आयोजनामा रास्वपा केन्द्रीय सभापति रबि लामिछाने पक्राउमा राजनीतिक प्रतिशोध रहेकाे भन्दै सरकारविरुद्ध खबरदारी गरेकाे हाे ।
उक्त र्याली द्रुत कार्य टोलि (RAT) बागमती प्रदेश सभापति महेन्द्र श्रेष्ठको नेतृत्वमा रास्वपा मकवानपुर सङ्गठन बिभाग प्रमुख बिशालराज महत , रास्वपा हेटौंडा उपमहानगर समिति उपसभापति हरि बहादुर कुवर , रास्वपा हेटौंडा उपमहानगर ०४ न. वडा समिति सभापति रामहरि प्रसाईं अन्य नेताकार्यकर्ताहरु लगायत करिब ४ सय ८० जनाको उपस्थितिमा ब्यानर , पम्प्लेट र राष्ट्रिय झण्डाहरु बोकेर टाउकोमा निलो रिबन बाँधी नाराबाजी गर्दै र्याली सुरु गरेको थियो ।
सरकारविरुद्ध नारा लगाउँदै र्याली पार्टी कार्यालय, भुटनदेवी मोड, टिसियन रोड, बसपार्क, जिप्रका मोड, राप्ती रोड, बुद्ध चोक, मेन रोड, उद्योग बाणिज्य संघ चोक, लोकप्रिय चोक, मानस चोक, काङ्ग्रेस चोक, संगम चोक, कान्तिराजपथ, स्कुल रोड हुँदै सिमा चोकमा पुगि कोणसभामा परिणत भएकाे थियो।
वागमती प्रदेश संयाेजक महेन्द्र श्रेष्ठकाे सभाध्यक्षता तथा रास्वपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद विन्ध्ववासिनी कंसाकारकाे प्रमुख आतिथ्यतामा भएकाे काेणसभालाइ सम्बाेधन गर्दै प्रमुख अतिथि कंसाकरले रवि लामिछानेलाइ जेलमा राखेर सहकारी पिडितकाे बचत कसरी फिर्ता गर्ने तर्फ हैन कि जेल अवधि कसरी लम्बाउने तर्फ मात्र ध्यान दिइकाे बताइन् ।
संगठन विभाग प्रमुख विशाल राज महतले काेणसभालाइ सम्बाेधन गर्दै आफूहरु झाेले कार्यकर्ता नभएकाे बताउँदै स्थापना भएकाे दुई बर्षमा आफुहरुलाई धेरै नागरिककाे समर्थन रहेकाे बताए । सभापति लामिछानेलाई फसाउने मुल उद्देश्य राखेर समिति बनाइएकाे र समितिले कुनै निष्कर्ष निकाल्न नसक्दा पनि सरकारले प्रतिसाेधपूर्ण तरिकाले पक्राउ गरेकाे महतकाे आराेप छ।

