Search
Close this search box.

हेटौँडा–९ का अभिभावकविहीन ६ वर्षीय बालकको उद्धार

हेटौँडा ।करिब दुई वर्ष अगाडि अभिभावक गुमाएका हेटौँडा उपमहानगरपालिका–९ का ६ वर्षीय बालकको उद्धार गरिएको छ। शुक्रबार हेटौँडा उपमहानगरपालिका र बाल हेल्पलाइन सिविन मकवानपुरको समन्वय तथा सहकार्यमा बालकको उद्धार गरिएको हो।

हेटौँडा उपमहानगरपालिकाका बालकल्याण अधिकारी र सिविन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीको उपस्थितिमा बालकको उद्धार गरिएको हो।

उद्धारपछि बालकलाई केही समयका लागि सिविनमा राखिने जनाइएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालकका लागि सुरक्षित आवासको व्यवस्था गरिने जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan