प्रशासनले राेक लगाएको प्लाष्टिकका फूलमाला बजारमा ट्यापछ्याप्ती (फोटो फिचर)

हेटौंडा - हेटौंडा बजारमा प्लाष्टिकजन्य फूल र गुच्छा बिक्रीवितरणमा राखिएको छ्यापछ्याप्ती पाइन्छ । नेपाल सरकारले प्लाष्टिकजन्य फूलगुच्छा बिक्रीवितरणमा रोक लगाएको भए पनि तिहार सुरु भएसंगै  हेटौंडा बजारमा प्लाष्टिकजन्य फूल र माला बिक्रीवितरणमा राखिएका छन् ।
अन्य जिल्लाबाट आयात भएका प्लाष्टिकजन्य फूल र गुच्छाका कारण मकवानपुरमा फूलखेती गर्ने किसान प्रत्येक वर्ष मर्कामा पर्ने गरेका छन् । प्लाष्टिकजन्य फूलमाला बिक्रीवितरण गरेको पाइए तुरुन्त जफत गरी डिस्पोज गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले बताए ।
हेटौंडा उपमहानगरमात्र नभइ मकवानपुरका सबै पालिकामा प्लाष्टिकजन्य फूल र गुच्छामा रोक लगाइने उनले बताए । मकवानपुरमा फूलको राम्रो उत्पादन हुने भएकाले प्लाष्टिकजन्य फूलले किसानलाई निरुत्साहित गर्ने कारण प्लाष्टिकजन्य फूल र माला बिक्रीवितरणमा कडाइसाथ रोक लगाइएको उनको भनाइ छ । नेपाल सरकारले रोक लगाएको हुँदा  स्थानीय पालिकाले प्लाष्टिकजन्य फूल र माला नष्ट गर्न अनुरोध गरेका छन् ।
२०७९ साउन ११ को नेपाल राजपत्रअनुसार नेपाल सरकारले नेपालभर प्लाष्टिकजन्य फूलगुच्छा उत्पादन, आयात, बिक्रीवितरण वा भण्डारणमा पूणर्रुपमा रोक लगाएकाले उक्त कार्य नगर्न/नगराउन अनुरोध गर्दै प्रचलित कानुनविपरीतका गतिविधि/क्रियाकलाप सञ्चालन गरिएको पाइए प्रचलित सम्बद्ध कानुनबमोजिम कारबाही हुने प्रशासनले बताएको छ । तिहार सुरु भए पनि प्राकृतिक फूल र माला बिक्री नभएको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् । यस निणर्यले फूलखेती गरेका किसानहरु खुशी भएका छन् भने सरकारको निणर्यअनुसार अनुगमन र कार्यान्वयन पनि प्रभावकारीढंगले भइदेओस् भन्ने चाहन्छन् ।
वातावरण विभागले शुक्रबारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्रीवितरण रोक्न माइकिङ तथा अनुगमन गरेको छ । तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात र बिक्रीवितरणमा रोक लगाएको हो । बिहीबार वातावरण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्रीवितरणमा रोक लगाएको सरकारले शुक्रबारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गरिएको बताए ।
उनले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्री, वितरण वा भण्डारणमा रोक लगाएको भन्दै बिहीबारको सूचनामार्फत् सचेत गराएको बताए । उनले तिहार र छठ नजिकिएसंगै  बजारमा प्लाष्टिकजन्य फूलमालाहरु बिक्री बढ्ने भएकाले बिक्रीवितरणमा रोक लगाउने सरकारको उद्धेश्य रहेको बताए ।
 गत साउनदेखि नै प्लाष्टिकजन्य फूलमालाहरुको आयात प्रतिवन्ध रहेको बताए । उनले तिहार र छठजस्ता पर्वहरुमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गर्दागर्दै पनि बजारमा बिक्रीवितरण गरेको अनुगमनमा भेटिएमा तत्काल १ लाख रुपैयाँसम्म जरिवाना गरिने बताए ।
उनले अनुगमनका क्रममा सरकारको निणर्यविपरीत कुनै कार्य गरेको पाइए वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को  खण्ड (क) वा (ख) बमोजिम १५ हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिवाना हुने सूचनामा उल्लेखअनुसार नै कारबाही गरिने बताए ।
केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0