Search
Close this search box.

हेटौंडामा बस दुर्घटना हुँदा १७ जना घाइते

हेटौंडा – हेटौंडामा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

शुक्रबार बिहान ९:१५ को समयमा हेटौंडा- १५ चुरियामाई मन्दिर पुर्व पश्चिम सडक खण्डमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।

बिरगंजबाट पोखराको लागि आउदै गरेको ग२ख १६२१ नम्बरको यात्रु बाहक बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएर दुर्घटना हुँदा बसमा सवार रहेका १८ जना यात्रु मध्ये चालकसहित १७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाईतेहरु जिल्ला बारा कलैया उ.म.न.पा. २३ बस्ने बर्ष ३२ को सुरेन्द्र शर्मा, भारत हाजियापुर बस्ने बर्ष ४१ को रन्जन कुमार शिङ, बारा पर्सैनि गा.पा. ३ बस्ने बर्ष ९ की जोनीशा कुमारी ठाकुर, पर्सा घर भएकी बर्ष १६/१७ की रमिता चौधरी, ऐ.ऐ. बर्ष ३ की निकिता चौधरी,
, ऐ.ऐ. बस्ने ११ की अमिता चौधरी, बारा कलैया उ.म.न.पा.३ बस्ने अलोक ठाकुरको छोरी १८ महिना, ऐ.ऐ. बस्ने वर्ष अं. २८ की अन्जु ठाकुर घाइते भएका छन् ।

त्यसैगरी, ऐ.ऐ. बस्ने बर्ष अं. १८ की रन्जना ठाकुर, चितवन भरतपुर म.न.पा. ९ बस्ने बर्ष अं.४ की बद्रि प्रसाद पैडेल, देश भारत घर भएका बर्ष अं. २४ को इन्जमान खान, ऐ.ऐ. बस्ने वर्ष अं. २३ को आर्यव खान, कैलाली ३ बस्ने बर्ष ३५ की सिमा चौधरी, बारा पर्सैनि गा.पा. ३ बस्ने बर्ष ७ की जेस्मी ठाकुर, स्याङजा घर भएका बर्ष अं. ५२ को भिम ब.रेग्मी, बाता पर्सैनि बस्ने शुनिल ठाकुरको छोरी बर्ष ५ रिया ठाकुर र भारत बिहार पट्ना बस्ने बर्ष २५ की अल्कामा युसुफ घाइते भएका छन् ।

घाइते सबैको उद्धार गरी उपचारको लागि हेटौडा अस्पताल पठाएको र घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan