Search
Close this search box.

हेटौंडाबाट ७१ किलो गाँजासहित दुई जना पक्राउ

हेटौंडा – प्रहरीले ७१ किलो ७०० ग्राम लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ। सोमबार राति १२:३० बजेको समयमा हेटौंडा-१९ तिनताप्केस्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा उक्त गाँजासहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका- ९ बस्ने बर्ष २० को मिलन घलान र सोही गाडीमा सवार राक्सीराङ गाउँपालिका- ९ बस्ने बर्ष २६ को दावा थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार विशेष सुचनाको अधारमा इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा-१९ तिनताप्के स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट हेटौडातर्फ जादै गरेको प्रदेश ३-०१-०२४ च ३०५९ नं. को पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा शंका लागि निजहरुको शरीर तथा पिकअप गाडी समेतको खानतलासी गर्दा गाडीको चालक बस्ने सिट मुनी लुकाई छिपाई गरी राखी ल्याईएको अवस्थामा ७१ किलो ७०० ग्राम लागूऔषध गाँजा फेला परेको हो।

उक्त लागूऔषध, पिकअप गाडीसहित निजहरु मिलन घलान र दावा थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan