हेटौंडा-‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने नारासाथ लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको बार्हौ दिन चेतनामूलक गीतिनाटक प्रस्तुत गरिएको छ ।
हेटौंडा-१०, बसपार्कको मुख्य चोकमा लैंगिक हिंसाविरुद्ध अभियानअन्तर्गत् शुक्रबार गीतिनाटक प्रस्तुत भएको हो ।
गीतिनाटकमा शारीरिक अशक्तता भएका महिला, छाउपडी, मानव बेचबिखन, एकल महिला, बोक्सीको आरोपलगायत बिभिन्न आरोपका विषयमा गीतिनाटक प्रस्तुत गरिएको थियो । सामुदायिक प्रहरी उपसेवा केन्द्र बसपार्क, माइती नेपाल र लैंगिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल को आयोजना तथा , साना हातहरु, शान्ति फाउन्डेसन, सुनिता फाउन्डेसन, ग्रीन फाउन्डेसन, मानवअधिकार संगठन, हिमराइट्स्, कोशिस, न्यानो आ“गन, मकवानपुर महिला समूह,महिला तथा बालबालिका र ज्येष्ठ नागरिक सेवाकेन्द्र प्रमुख संगीता लामा, अस्मिता नेपाललगायत संघसंस्थाको समन्वयमा कार्यक्रम भएको थियो ।
केन्द्र अध्यक्ष प्रदीप क“डेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१० का अध्यक्ष फुर्वा दोर्जेलामाको प्रमुख आतिथ्यता थियो । माइती नेपाल कार्यक्रम संयोजक माया लामाले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि लामाले यस्ता चेतनामूलक कार्यक्रममा संघसंस्थामात्र नभइ सबै जनताले एकाकार हुनुपर्ने बताए । मकवानपुरका डीएसपी श्यामु अर्यालले नाटक सान्दर्भिक भएको बताउ“दै हिंसाविरुद्ध प्रहरीले दैनिकजसो नागरिकमा चेतना फैलाउने गरेको बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय महिला विकास अधिकृत चन्दा ब्यञ्जनकार, गैरसरकारी संस्था मकवानपुर अध्यक्ष रमिला सापकोटा, मानव अधिकार संगठन अध्यक्ष शर्मिला श्रेष्ठ ,फ्रेन्ड्स् हेटौंडाका बिनोद ढकाल, ट्राफिक प्रहरी केशब अधिकारी, प्रहरी र स्थानीय यात्रुलगायतको उपस्थिति थियो ।
गीतिनाटक १९ गते मनहरी गाउँपालिका-३ स्थित पशुपतिनाथ मावि र २० गते बकैया गाउँपालिकामा प्रदर्शन भएको थियो ।

