Search
Close this search box.

मकवानपुरमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु

मकवानपुर । मकवानपुरमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–५, बसन्तपुरमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार साँझ घर नजिकै घाँस काट्न गएकी रुम्बाको टाउको र पेटमा केहि भाग बाघले खाएको अवस्थामा फेला पारिएको हो ।

घाँस काट्न गएकी उनी अबेरसम्म घर नफर्किएपछी आफन्तले खोजि गर्ने क्रममा घरदेखि ५ सय मिटर टाढा शव फेला परेको प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan