हेटौंडा । हेटौंडामा बाघले फेरि बाख्रा खाएको छ । बाघले शुक्रबार राती ८:२० को समयमा हेटौंडा-१३ आलदमारका पुर्ण सिंह लोप्चनको गोठमा बाधेको बाख्रा खाएको हो।
लोप्चनको कच्ची गोठबाट एउटा बाख्रालाई बाघले बाहिरबाट तानेर आधा खाएको र आधा बांकी भाग बाधेको डोरीमा नै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जसंग समन्वय गरी बाघको खोजतलास र कानुनी प्रक्रिया अगाडि बढाएको जानकारी दिइएको छ।
मानबिय क्षती नभएको प्रहरीको भनाई छ ।
केही प्रतिक्रिया छ कि ?

