Search
Close this search box.

काँग्रेस नेतृत्वमा सरकार बनाउँछौं ; गृहमन्त्री लेखक

गृहमन्त्री एवं काँग्रेस सांसद रमेश लेखकले काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन्।

शनिवार जनकपुरमा पार्टीको मधेश प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले काँग्रेसका नेता, कार्यकर्ताले लामो समयसम्म पनि काँग्रेसको सरकार नबनेको गुनासो गरेको भन्दै गृहमन्त्री लेखकले यो सही कुरा भएको बताए।

काँग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरू गम्भीर रहेको र लागिपर्ने बताए। अहिले आफूहरू संयुक्त सरकारमा रहेको बताउँदै दुई प्रतिस्पर्धी दलबीचको संयुक्त सरकार बनाउन केही जटिलता रहेको बताए।

लेखकले भने, ‘लामो समयसम्म काँग्रेसको सरकार बनेन भन्ने छ। साथीहरूले सही कुरा भन्नुभएको छ। यो कुरालाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ। यो कुरालाई सम्बोधन गर्न हामी लागिपर्छौं।’

गृहमन्त्री लेखकले मधेश प्रदेश सरकारको आलोपालो नेतृत्व गर्ने सहमति भएको बताए। उनले पछिल्लो १० महिनामा अर्थतन्त्रमा धेरै ठूलो परिवर्तन भएको बताए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan