Search
Close this search box.

हेटौंडामा हुने खेलकुद महोत्सवको तयारी अन्तिम चरणमा

हेटौंडा । यही फागुन २९ गतेदेखि हेटौंडामा हुन लागेको दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा १० स्थित टिसिएनको चौरमा महोत्सव हुन लागेको हो । जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि आयोजना गर्न लागिएको महोत्सवको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ । जेन्जी आन्दोलनको क्रममा भएको भौतिक क्षति पुनःस्थापना तथा खेलकुद सामग्री खरिद एवम् खेलकुद क्षेत्रको विकासका लागि महोत्सवको आयोजना गर्न लागिएको खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए । ‘दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवको तयारीलाई तीव्र पारिएको छ । अहिले महोत्सव स्थलको घेराबारासहित स्टल निर्माण, खेलकुद प्रतियोगिता आयोजनास्थलको मर्मत सम्भार लगायतका कार्य भैरहेको छ’, अध्यक्ष मोक्तानले भने । महोत्सवबाट बचेको रकमले मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवन निर्माण र खेल सामग्री खरिद गरिनेछ । महोत्सव सञ्चालनमा करिब ८० लाख रुपैयाँ खर्च हुने बताइएको छ । ४ सयवटा व्यावसायिक स्टल रहने महोत्सवमा खेल, व्यापार, कृषि र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्य राखिएको अध्यक्ष मुक्तानले बताए । महोत्सवमा राष्ट्रिय महिला भलिबल, राष्ट्रिय तेक्वान्दो, जिल्लास्तरीय पुरुष भलिबल, ब्याडमिन्टन र कराँते प्रतियोगिता, १० किलोमटिर महिला तथा पुरुष दौड प्रतियोगिता हुनेछ । महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन समेत हुने बताइएको छ । महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांगीतिक प्रस्तुति समेत रहने खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले बताए । खेलकुद महोत्सवमा खेल क्षेत्रका १० जनालाई जनही नगद २५ हजार रुपैयाँसहितम सम्मान समेत गर्ने आयोजकको तयारी रहेको छ । खेलकुद विकास समितिले यसअघि पनि महोत्सवको आयोजना गरेको थियो । महोत्सवबाट बचेको रकम खेलाडीको हितका लागि कोषमा राखिएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

हेटौंडामा हुने खेलकुद महोत्सवको तयारी अन्तिम चरणमा

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

हेटौंडामा हुने खेलकुद महोत्सवको तयारी अन्तिम चरणमा

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

हेटौंडामा हुने खेलकुद महोत्सवको तयारी अन्तिम चरणमा

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

हेटौंडामा हुने खेलकुद महोत्सवको तयारी अन्तिम चरणमा

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

हेटौंडामा हुने खेलकुद महोत्सवको तयारी अन्तिम चरणमा

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

हेटौंडामा हुने खेलकुद महोत्सवको तयारी अन्तिम चरणमा

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

हेटौंडामा हुने खेलकुद महोत्सवको तयारी अन्तिम चरणमा

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

हेटौंडामा हुने खेलकुद महोत्सवको तयारी अन्तिम चरणमा

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan