Search
Close this search box.

घरमा लुटपाट गर्नुका साथै गोली हानेर हत्या

डाँकाको एक समूहले सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नुका साथै एक जनाको गोली हानेर हत्या गरेको छ।

बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले बताए। आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन्।

चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको प्रहरीले जनाएको छ। प्रहरीले डाँकाहरूको खोजी भइरहेको जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan