Search
Close this search box.

मकवानपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्ता निवासी ४० वर्षीय रमेश पाख्रिन रहेका छन्। उनले आफ्नै ३५ वर्षीया श्रीमती रुकु पाख्रिनलाई मादक पदार्थ सेवन गरी कुटपिट गरेको र सोही क्रममा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंसिर ११ गते शुक्रबार राति रमेशले मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरेका थिए। कुटपिटबाट रुकु अचेत भएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी चौकी फाखेलबाट खटिएको टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले घरभित्रको सुत्ने कोठामा रुकुलाई मृत अवस्थामा फेला पारेको थियो। घटनापछि प्रहरीले रमेशलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको जनाएको छ।
घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परीक्षणका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan