हेटाैंडा -१३ मा हावाहुरीले ४ घरमा क्षति

हेटाैंडा- हेटौंडामा हावाहुरीबाट ४ वटा घरमा क्षति पुगेको छ। आइतबार दिउँसो हेटौंडा -१३ सिमपानी सिरानटोलको ४ वटा घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार, हेटौडा -१३ सिमपानी सिरानटोल बस्ने बर्ष ४५ वर्षीया गोमा मोक्तानको घरको छानाको टायल आधा भाग खसी फुटेको क्षति पुगेको छ । त्यसैगरी सोही स्थान बस्ने ५७ वर्षीया माया रुम्बा र ४५ वर्षीया रुमा रुम्बाको घरको छानाको टायल उडाई केही भाग क्षति भएको छ। सोही स्थान बस्ने ९६ वर्षीय पञ्च माया मोक्तानको गोठ पुर्ण रुपमा भत्किएको छ।

मानिस र चौपायामा क्षति नभएको नभएको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...