दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

हेटौंडा – नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । नेपाली कांग्रेस मकवानपुरको आयोजनामा ४ र ५ गते हेटौंडामा आयोजित पार्टीका जिल्ला, क्षेत्रीय, प्रदेश क्षेत्रीय र गाउँपालिका कार्यसमितिका पदाधिकारीलाई तालिम दिएको सचिव भीमसेन महतले बताए ।

कार्यक्रममा ८१ जना पदाधिकारीहरुको सहभागिता रहेको महतले जानकारी दिए । तालिममा डा. गोविन्द पोखरेल, डा. सुरेश आचार्य, डा. शंकर तिवारी, कांग्रेस बागमती प्रदेशका मूख्यसचिव राजु नेपाल र अर्जुन सुवेदीले सहभागीहरुलाई प्रशिक्षण गराएका थिए ।

तालिममा प्रशिक्षण कलादेखि पार्टीको विभिन्न नीति, विधान र बर्तमान परिवेशका बारेमा प्रशिक्षण दिएको कांग्रेस मकवानपुरका सहसचिव ईन्दिरा न्यौपानेले बताईन ।न्यौपानेका अनुसार प्रशिक्षण गर्ने प्रशिक्षक उत्पादन गर्नका लागि तालिम दिएकोे बताईन । कार्यक्रमबाट उत्पादित प्रशिक्षकहरुले वडारवडा, गाँउरगाँउमा गएर प्रशिक्षण दिने बताएको छ ।

कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति बुद्ध लामाको साभाध्यक्षतामा कार्यक्रम गरिएको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...