तरुणको केन्द्रीय भवन बनाउन सहयोग अभियान, गोपी दाहालले गरे २ लाख सहयोग

हेटौंडा– नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन बनाउन सहयोग अभियान सुरु गरिएको छ । सोही क्रममा तरुण दलका केन्द्रीय सदस्य गुरुप्रसाद दाहाल गोपीले २ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन् ।

मकवानपुरबाट तरुण दलको केन्द्रीय सदस्य रहेका दाहालले भवन निर्माणका लागि उक्त रकम सहयोग गरेका हुन् । तरुण दलको केन्द्रीय कार्यसमिति बैठकले तरुण दलको भवन बनाउने निर्णय गरेबमोजिम सोही निर्णयलाई सार्थकता दिन नगद सहयोग गरिएको दाहालले बताए ।

ुतरुण दलको चैत्र १५ र १६ गते बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो । निर्माण व्यवसायमा समेत आवद्ध दाहाल कांग्रेसको क्षेत्रीय सदस्य समेत रहेका छन् । भवन निर्माणका लागि आवश्यक सहयोग जुट्ने क्रम जारी रहेको तरुण दलका अध्यक्ष विद्धान गुरुङले बताए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...