हेटाैंडा ओैद्याेगिक क्षेत्रकाे कार्टुन फ्याक्ट्रीमा आगलागी


हेटाैंडा – हेटौंडाको एक कार्टुन फ्याक्ट्रीमा आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको छ।
बिहिबार राति हेटौंडा- ८ स्थित औद्योगिक क्षेत्र भित्र रहेको हेल्पबक्स प्याकेजिंङ प्रा.लि.कार्टुन फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, मानवीय क्षति नभएको र फ्याक्ट्री पुर्ण रुपमा क्षति भएको छ। तत्काल के कति क्षति भएको भन्ने विवरण खुलेकाे छैन ।

काठमाडौं महानगरपालिका १९ बस्ने संजिब मानन्धरले सो फ्याक्ट्री संचालन गर्दै आएका थिए ।

प्रहरी टोली ८ जना, सशस्त्र नं.१४ गण हेटौडाबाट प्र.नि.अरुण बिक्रम बस्नेतको कमाण्डमा ३० जना,नगर प्रहरी, हेटौडा उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो पुर्णरुपमा नियन्त्रणमा लिइएको थियाे ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो

सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजक...