घरमा आगलागी हुँदा एक दम्पतीको जलेर मृत्यु

धादिङको थाक्रे गाउँपालिका–५, गैरीखर्कमा गएराति आगलागी हुँदा एक दम्पतीको जलेर मृत्यु भएको छ । स्थानीय तेजबहादुर लामाको घरमा आगलागी हुँदा दम्पतीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७० वर्षीय तेजबहादुर र उनकी श्रीमती ठूली तामाङ रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, गएराति साढे ११ बजे प्रहरीले आगलागीको खबर पाएको थियो । नजिकको हाप्सेचौर अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली पुग्दा घर पूरै जलिरहेको थियो ।

राति साढे १२ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको र भित्र हेर्दा दुई जनाको मृत्यु भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

अध्यक्ष वस्ताकोटीले जन्मदिनमा गरे दस हजारको पुस्तक हस्तान्तरण

अध्यक्ष वस्ताकोटीले जन्मदिनमा गरे दस हजारको पुस्तक हस्तान्तरण

जनप्रिय माध्यमिक विद्यालयका व्यवस्थापन सिमिति अध्यक्ष मोहनप्रसाद वस्ताकोटीले  आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यालयलाई १० हजार रकम बराबरको पुस्तक हस्तान्तरण गरेका छन् ।  विद्यार्थीको पठन स...