सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार चार सय निर्धारण भएको छ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३५ हजार आठ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार सात सय ५० निर्धारण भएको छ। चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन।

बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा रु एक हजार छ सय ४५ निर्धारण भएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

मकवानपुरको बकैयामा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते

मकवानपुरको बकैयामा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते

हेटौँडा - मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगन नजिक चौतारामा कार दुर्घटना भएको छ ।  शनिबार बिहान ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार दुर्घटना हुँदा बारा निजगढ नगरपालिका–६ बस्...