यो व्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : मन्त्री कुमारी मोक्तान

यो ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताइन ।

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम् मन्त्री मोक्तानले मजदुरहरुलाई न्युनतम पारिश्रमिक दिन र सामाजिक सुरक्षाकोषमा सहभागी गराउन उद्योगी ब्यवशायीहरुलाई अनुरोध गरिन।

अखिल नेपाल ट्रेड युनियन महासघ जिल्ला कार्यसमिति मकवानपुरको अध्यक्ष रामशरण घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा आयोजनामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज बिजय गौतमले  श्रम र श्रमिकको उच्च सम्मान गर्नुपर्ने बताइन् ।

बुधबार हेटौंडा औद्योगिक क्षेत्रको उद्योग संघको हलमा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवम् हेटौंडा उपमहानगर इन्चार्ज प्रह्लाद लामिछाने, बागमती प्रदेश उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, प्रदेश सदस्य एवम् जिल्ला समन्वय समिति प्रमुख ललित घलान, प्रदेश कमिटी सदस्य शुभरत्न गोले,  टेड्र युनियन महासङ बाग्मती प्रदेश अध्यक्ष मिलन लामा, माओबादी केन्द्र मकवानपुर जिल्ला संयोजक  भिम पाख्रीन, सचिब वीर बहादुर घलान, हेटौंडा उपमहानगर अध्यक्षतिर्थ बहादुर थापा मगर, विद्यार्थी नेता दिनेश सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।

टेड्र युनियन महासङ जिल्ला कार्य समिति मकवानपुर सचिब ज्ञानेन्द्र लामिछानेले संचालन गरेको कार्यक्रममा महासंघ आवद्ध संगठनका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

अध्यक्ष वस्ताकोटीले जन्मदिनमा गरे दस हजारको पुस्तक हस्तान्तरण

अध्यक्ष वस्ताकोटीले जन्मदिनमा गरे दस हजारको पुस्तक हस्तान्तरण

जनप्रिय माध्यमिक विद्यालयका व्यवस्थापन सिमिति अध्यक्ष मोहनप्रसाद वस्ताकोटीले  आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यालयलाई १० हजार रकम बराबरको पुस्तक हस्तान्तरण गरेका छन् ।  विद्यार्थीको पठन स...