३०० वटा जंगली चरा प्रहरीको नियन्त्रणमा

हेटौंडा – प्रहरीले अन्दाजी ३०० वटा जंगली चराहरू बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। हेटौंडा-१५ स्थित रातोमाटे प्रहरीचौकीबाट खटिएको चेकिङ टोलीले उक्त चरा नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार , गाईघाटबाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०३-००१ ख.१६८२ नम्बरको बसलाई चेकजाच गर्ने क्रममा बसको डिक्कीमा लुकाई छिपाई राखेको अन्दाजी ३०० वटा जंगली चराहरू बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको थियो ।
स्थानीय वन कार्यालयको कर्मचारीको रोवहरमा उक्त चरा जङ्गलमा छोडिएको जनाइएको छ ।

उक्त चरा कटेरो नामक रहेको भन्ने वन कार्यालयको कर्मचारी मार्फत खुलेको बताइएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

बागेश्वरी आधारभूत विद्यालयको अध्यक्षमा शिवकुमार मल्ल

बागेश्वरी आधारभूत विद्यालयको अध्यक्षमा शिवकुमार मल्ल

हेटौंडा–मकवानपुरको राक्सिराङ गाउँपालिका–९ कोखारीमा रहेको बागेश्वरी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शिवकुमार मल्ल चयन भएका छन् । शनिबार भएको ५० औं अभिभावक भेलाबाट मल्लको अध्यक...