बागेश्वरी आधारभूत विद्यालयको अध्यक्षमा शिवकुमार मल्ल

हेटौंडा–मकवानपुरको राक्सिराङ गाउँपालिका–९ कोखारीमा रहेको बागेश्वरी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शिवकुमार मल्ल चयन भएका छन् । शनिबार भएको ५० औं अभिभावक भेलाबाट मल्लको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा ललितबहादुर सुनार, अनुषा सुनार, सुकुमाया प्रजा, ओमबहादुर ठकुरी, सुनमाया नेगी रहेका छन् । त्यस्तै विजय सुनारको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको छ । जसको सदस्यहरुमा प्रकाशसिं ठकुरी, रीता मल्ल, सिंगलाल रुम्बा, शान्ति सुनार र सविना रेग्मी रहेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षिका अप्सरा मल्लले स्वागत गरेकी थिइन् भने प्रधानाध्यापक योगेन्द्रप्रसाद जैसवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका पूर्वअध्यक्ष भोज विक्रम सिं ठकुरी, शिवकुमार मल्ल, राक्सिराङ ९ का अध्यक्ष रामकुमार वाल्पा थिङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

मकवानपुरको बकैयामा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते

मकवानपुरको बकैयामा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते

हेटौँडा - मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगन नजिक चौतारामा कार दुर्घटना भएको छ ।  शनिबार बिहान ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार दुर्घटना हुँदा बारा निजगढ नगरपालिका–६ बस्...