बालबोधमा विद्यार्थी नेता छान्न चुनाव


हेटौंडा – बालबोध माध्यमिक विद्यालय हेटौंडा १७ मा विद्यार्थीहरूबीच विद्यालय नेता तथा उपनेता चयनका लागि मतदान सम्पन्न भएको छ ।
शुक्रबार विद्यालयमा आयोजित मतदानबाट विद्यालय नेतामा अविराज गौतम र उपनेतामा क्रिविना गोले चयन भएका छन् । कक्षा ४ देखि १० सम्मका २ सय १८ विद्यार्थीले भाग लिएको मतदान प्रक्रियामा गौतमले १ सय १४ र गोलेले १ सय १३ मत प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक दिपकलाल श्रेष्ठले जानकारी दिए ।
यसैगरी कक्षागत मनिटरमा कक्षा ४ बाट निरज घलान, कक्षा ५ बाट समर्पण मिश्र, कक्षा ६ बाट किर्तन ढुंगाना तथा कक्षा ७ बाट सुगम भूजेल निर्वाचित भएका छन् । कक्षा ८ का क्रिस्टिना गोले, ९ का रोहन विक र १० बाट आयुष पुडासैनी मनिटर चयन भएका छन् ।
विद्यार्थीहरूबीच आत्मअनुशासन कायम गर्नुका साथै कक्षाकोठा व्यवस्थापन र विद्यार्थीहरूबीच आइपर्ने विविध समस्या समाधानमा विद्यालय नेता, उपनेता तथा मनिटरहरूको महत्त्वपूर्ण भूमिका रहने प्रधानाध्यापक श्रेष्ठले बताए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

मकवानपुरको बकैयामा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते

मकवानपुरको बकैयामा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते

हेटौँडा - मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगन नजिक चौतारामा कार दुर्घटना भएको छ ।  शनिबार बिहान ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार दुर्घटना हुँदा बारा निजगढ नगरपालिका–६ बस्...