उद्योग मन्त्रालायको प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

हेटौंडा – उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालय बागमती प्रदेशको आयोजनामा समिक्षा तथा आगामी आर्थिक वर्षको योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । बुधबार हेटौंडामा चालू आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमासिक प्रगति समिक्षा एवम् आगामी आर्थिक वर्ष २०८१र०८२ को योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र १३ वटा जिल्लाका मन्त्रालय मातहतका कार्यालयहरुको कार्यालय प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियोे । कार्यक्रममा कार्यालयका प्रमुखहरुले आफ्नो आआफ्नो कार्यालयको भौतिक अवस्था, राजस्व, चालू आर्थिक वर्षको कार्यक्रम तथ प्रगती विवरण देखि अनुगमनको क्रममा देखिएको समस्याहरु समेत प्रस्तुत गरेका थिए ।
त्यस्तै, उद्योग, वाणिज्य, भूमी तथ प्रशासन मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८१र२०८२ को नीति तथा कार्यक्रममा उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएको समस्याहरुको समाधान हुने र प्रभावकारी नयाँ योजनाहरु समावेश गर्न समेत आग्रह गरेका थिए ।

त्यस्तै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्र कुमार के।सीले मातहतको कार्यालयहरुले गर्ने अनुगमनमा दण्ड जरिवाना भन्दा पनि जनता तथा उद्योगीहरुलाई सचेतना प्रदान गर्न निर्देशन दिए । साथै कोशेली घरको बिषयमा भने कार्यविधि नै बनाएर अगाडि बढ्न आवश्यक रहेको बताए ।
उद्योग मन्त्रालयका सचीव राजेन्द्र कुमार के.सी को सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उद्योग मन्त्री प्रकाश श्रेष्ठ, १३ वटा जिल्लाका मातहतका कार्यालयका प्रमुखहरू, मन्त्रालयका महाशाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

बागमती प्रदेश प्रमुख शर्माद्वारा सिन्धु एकीकृत अर्गानिक फार्म तथा फार्मस्टे अवलोकन

बागमती प्रदेश प्रमुख शर्माद्वारा सिन्धु एकीकृत अर्गानिक फार्म तथा फार्मस्टे अवलोकन

मकवानपुर - बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज शनिबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १,भोटेचौरस्थित सिन्धु एकीकृत अर्गानिक फार्म तथा फार्मस्टे अवलोकन गरेका छन् । २५ ज...