ट्याक्टरले किच्दा वाइवाको घटनास्थलमै मृत्यु

हेटौंडा – मकवानपुरको कैलाश गाउँपालिका १० सादिखोरियामा ट्याक्टरले किच्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।बुधबार मकवानपुर कैलाश गाउँपालिका १० पुरानोगाँउ बस्ने ३५ वर्षीय प्रदिप वाईवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीको अनुसार, भलटारदेखि पुरानो गाँउ तर्फ बिजुलीको पोल बोकी जादै गरेको बागमती प्रदेश०३-००१त ०४१९ नं.को ट्याक्टरको पछाडी टेलरमा सवार वाइवाको सोही ट्याक्टरबाट लडी पछाडिको चक्काले किचिएर घटनास्थलमै मृत्यु भएको हो।

ट्याक्टर र ट्याक्टर चालक मकवानपुर भिमफेदी गाउँपालिका ९ बागमारा बस्ने ३३ वर्षीय बिरमान स्याङतान प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।

वाइवाको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

बागेश्वरी आधारभूत विद्यालयको अध्यक्षमा शिवकुमार मल्ल

बागेश्वरी आधारभूत विद्यालयको अध्यक्षमा शिवकुमार मल्ल

हेटौंडा–मकवानपुरको राक्सिराङ गाउँपालिका–९ कोखारीमा रहेको बागेश्वरी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शिवकुमार मल्ल चयन भएका छन् । शनिबार भएको ५० औं अभिभावक भेलाबाट मल्लको अध्यक...