भारतमा काम लगाइदिन्छु भनी ठगी गरेको आरोपमा युवक पक्राउ

हेटौंडा- भारतमा काम लगाइदिन्छु भनी ३ लाख ९६ हजार २८९ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ छविसपाथीभेरा गांउपालिका ४ बस्ने २५ वर्षीय सन्तोष थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीको अनुसार विभिन्न मितिमा देश भारतमा राम्रो आम्दानी हुने काम लगाई दिन्छु भनि मकवानपुर बकैया गाउँपालिका ५ बस्ने २६ वर्षीय सुरेश थिङसँग २ लाख ४ हजार २ सय ८९ र जिल्ला चितवन राप्ती नगरपालिका ४ भण्डारा बस्ने २९ वर्षीय रोशन घिमिरेसँग १ लाख ९२ हजार गरी जम्मा ३ लाख ९६ हजार, २ सय ८९ रकम ठगी गरेका थिए।

देश भारतको मुजफ्फरपुरमा लगि भने बमोजिमको काममा नलगाई भागि हिडेको र खोजतलासको क्रममा वैशाख ११ गते हेटौंडा १० स्थित बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

थापालाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट सोहि मितिबाट लागु हुनेगरि ८ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

अध्यक्ष वस्ताकोटीले जन्मदिनमा गरे दस हजारको पुस्तक हस्तान्तरण

अध्यक्ष वस्ताकोटीले जन्मदिनमा गरे दस हजारको पुस्तक हस्तान्तरण

जनप्रिय माध्यमिक विद्यालयका व्यवस्थापन सिमिति अध्यक्ष मोहनप्रसाद वस्ताकोटीले  आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यालयलाई १० हजार रकम बराबरको पुस्तक हस्तान्तरण गरेका छन् ।  विद्यार्थीको पठन स...