Search
Close this search box.

ठाडाेखाेलामा ल्हाेसार विशेष सांस्कृतिक कार्यक्रम हुने

हेटाैंडा- मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ ठाडोखोलास्थित त्रिरत्न प्राविको प्राङ्गणमा सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले मन्जुश्री सम्वत २८६१ डुल ल्हो (सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा फागुन २ गते  कार्यक्रम आयोजना गरिने जनाएको छ ।

सो अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरिनुको साथै तामाङ विज्ञद्वारा संस्कृतिबारे जानकारी दिइने जनाइएको छ । तामाङ मौलिक भेषभुषा तथा प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम हुने मनहरी २ का अध्यक्ष राजकुमार पाख्रिनले जानकारी दिए ।

कार्यक्रममा चर्चित कलाकार विश्व दोङ, जितु लोप्चन, धिरेन लामा लगायतका चर्चित कलाकारहरुको प्रस्तुति रहने छ ।

खेलकुद विकास समिति मनहरी २ को आयोजना, मुख्य सहयोगी मनहरी गाउपालिका र संरक्षक तथा सहयोगी मनहरी २ रहेको समेत आयोजकले जनाएको छ । ल्होछार कार्यक्रममा सयाैँ मानिसले अवलोकन गर्ने र ५ लाख खर्च हुने आयोजकको अनुमान छ ।

स्थानीयवासीसमेत रहेका पत्रकार सन्देश थिङको अध्यक्षतामा पत्रकार सम्मेलन भएको हो । सो अवसरमा खेलकुद विकास समिति मनहरीका सदस्य तथा नेकपा माओवादी केन्द्र मनहरी २ का इन्चार्ज चन्द्रबहादुर स्याङ्तान, खेलकुद विकास समिति मनहरी २ का अध्यक्ष तथा मनहरी २ का वडा सदस्य शुक्राम मोक्तान, वडा सचिव साजन लामा, खेलकुद विकास समिति मनहरी २ का सदस्य तथा नेकपा एमाले मनहरी २ का अध्यक्ष इन्द्रदेब वाइबा, त्रिरत्न प्राविका अध्यक्ष एवम् नेकपा मनहरीका इन्चार्ज गुणा सिङ रुम्बा, च्यापल टोल विकास संस्थाका अध्यक्ष शान्तकुमार थिङलगायतको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan